विपद्का समयमा नागरिकले अब एउटै नम्बर १२३४ मा सम्पर्क गरेर उद्धार, राहत तथा आवश्यक सहयोगका लागि जानकारी दिन र सहायता माग्न सक्ने भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मार्फत सञ्चालनमा ल्याइएको यो सेवाले बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का घटनामा छिटो समन्वय र तत्काल सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्राधिकरणको कार्यकारी समितिको अध्यक्ष स्वयं गृहमन्त्री सुधन गुरुङ रहेका छन्। (NDRRMA) मनसुनजन्य विपद्मा ‘शून्य मानवीय क्षति’ को लक्ष्यसहित उद्धार तथा पूर्वतयारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता गृहमन्त्री गुरुङले यसअघि पनि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
