काठमाडौं – टिकटकमा “ए भगुवान, भैसिले भात् खाए हुन्न” भन्ने रमाइलो ठट्यौली संवादमार्फत चर्चामा आएकी चमेली नामले चिनिने उस्मिता सारु मगर अब अभिनयको दुनियामा पनि उत्रिएकी छिन्। उनले पहिलोपटक अभिनय गरेको तीज गीत ‘यहि त होनी तीजको लहर’ हालै सार्वजनिक भएको छ।
गीतमा निशा मगर, उश्मिता सारु मगर र आशा मगरको आकर्षक अभिनय देख्न पाइन्छ। गीतलाई सुजन बाबु गुरुङको शब्द–लयमा, कन्चन पुन मगर, रोजिना बस्नेत र बिन्दु बिसीले स्वर दिएका छन्। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
सुजन बाबु गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले तीजको रौनक, रमाइलोपन र सांस्कृतिक रंगलाई झल्काउने प्रयास गरेको छ। सामाजिक सञ्जालमा पहिल्यै चर्चित उस्मिताको यो पहिलो तीज यात्रा दर्शकमाझ कस्तो लोकप्रिय हुन्छ भन्ने उत्सुकता बढेको छ।
भिडियो हेर्न तल को लिंक खोल्नु होस् :
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
