काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा चर्चित गायिका गीता सेञ्चुरीको मौलिक तीज बिशेष गीत “दुई दिने जिवनमा” सार्वजनिक भएको छ। यस गीतमा गीता सेञ्चुरीको स्वर रहेको छ भने गीता सेञ्चुरी कै शब्द, भिमसेन खतिवडाको संगीत रहेको छ।
सो गीतको भिडियोमा सञ्जिब ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सन्तोष तिमल्सिनाको छायांकन, कल्पेश बिश्वकर्माको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा रञ्जिता लामा र सारदा गुरुङको अभिनय रहेको छ। यस गीतको भिडियोलाई सञ्जिब ठकुरीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
