काठमाडौं –

नेपाली लोकसंगीत क्षेत्रमा समर्पण र मेहनतको चम्किलो उदाहरण बनेकी छिन् टीका जैसी। हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘लाली जोवन’ यतिबेला दर्शक तथा श्रोतामाझ निकै चर्चित बन्दै गएको छ।
एक हप्ता अघिमात्र सार्वजनिक भएको यो गीत जितको छेको पारेर रिलिज गरिएको हो, जसले छोटो समयमा उल्लेखनीय चर्चा कमाएको छ। गीतमा पुर्नकला बिसी र हरि गिरीको सशक्त स्वर रहेको छ भने शब्द सिर्जना नेत्र अर्यालको रहेको छ। अभिनयमा स्वयं टीका जैसीसहित रमेश विश्वकर्माको साथ रहेको छ। गीत टीका जैसी अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
यो गीत केवल एउटा सांगीतिक प्रस्तुति मात्र नभई, एक कलाकारको आत्मा र समर्पणको कथासमेत हो। गायिका तथा कलाकार टीका जैसीले एक अन्तर्वार्तामा खुलासा गरेकी छिन् कि यो गीत निर्माणका लागि उनले आफ्नो कमाइबाट संचित गरेका सबै सुनका गहना बेचेर लगानी गरेकी थिइन्।

“मैले धेरै माया र सपना बोकेर यो गीत बनाएको हुँ। सबै गहना बेचेर यो काम गरेकी हुँ, किनभने संगीत मेरो जीवन हो,” उनले भावुक हुँदै भनिन्।
गीतको छायांकन, संगीत संयोजन, र सम्पूर्ण प्रस्तुतिमा निकै मिहिनेत गरिएको देखिन्छ, जुन टीका जैसीको निष्ठा र आत्मविश्वासको परिचायक हो।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
