काठमाडौं —
नेपाली लोकसङ्गीतको जगमा दुःख, संघर्ष र समर्पणले बिच्छिएको एउटा नाम — हरिराम परियार।
एक दशकभन्दा बढी समयदेखि नेपाली दोहोरी गीत–सङ्गीतमा आफ्नो पहिचान बनाएका परियारलाई ‘गायन सम्मान २०८२’ प्रदान गरिएको छ।
दोस्रो क्रियटिभ म्युजिक अवार्ड अन्तर्गत आयोजित समारोहमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को हातबाट यो सम्मान ग्रहण गर्दै परियारले आफ्ना संघर्षहरू स्मरण गर्दै दर्शकहरूलाई भावुक बनाए।
“सानैमा बाजा बोकेर हिँडेको दिन सम्झिन्छु। कसैले फूल लगाइदिँदा त्यो पल हौसला बन्यो। त्यसै हौसलाले म आज यहाँ छु। तपाईंहरूको माया र साथले मलाई आजको यो सम्मान दिएको हो,” — गायक हरिराम परियार।
विगतमा:
सानो उमेरदेखि दोहोरी साझमा काम गर्दै, सयौंको भिडमा गाउने अभ्यास, संस्थागत नेतृत्वमा समेत सक्रियता — यही निरन्तरता र जनताको माया नै उनको सफलता बनेको छ।
गायक परियारले थपे:
“‘गायन सम्मान २०८२’ ले मलाई नयाँ उर्जा र जिम्मेवारी दुवै दिएको छ। अबको यात्रामा पनि म सङ्गीतमै अझै केही योगदान गर्न चाहन्छु, तपाईंहरूको साथले सम्भव छ।”
समारोह आयोजकहरूका अनुसार, यो सम्मान नेपाली लोकसङ्गीतमा योगदान पुर्याउने कलाकारहरूको सम्मान र प्रेरणाको प्रतीक हो। गायक परियारको यात्रालाई देख्दा, संघर्षले सफलता जित्छ भन्ने सत्यलाई पुनः पुष्टि गरिन्छ।

-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
