काठमाडौं । अभिषेक शर्मा र युवा ब्याटर वैभव सूर्यवंशीको आक्रामक ब्याटिङले क्रिकेट मैदानमा तहल्का मच्चाएको छ। दुवैको विस्फोटक प्रदर्शनसामु न्युजिल्यान्डका बलर निरीह बनेपछि भारतले शानदार जित निकालेको छ।न्युजिल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले मात्र १३.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। भारतीय ब्याटरले सुरुदेखि नै आक्रामक शैली अपनाएपछि न्युजिल्यान्डका बलरलाई खेलमा फर्किने अवसर नै मिलेन।भारतका लागि अभिषेक शर्माले ३८ बलमा ११३ रनको विस्फोटक पारी खेले। उनको ब्याटबाट चौका र छक्काको वर्षा हुँदा मैदानमा उपस्थित दर्शकले रोमाञ्चक खेलको अनुभव गरे।
युवा ब्याटर वैभव सूर्यवंशीले पनि १९ बलमा ४५ रन बनाउँदै अभिषेकलाई उत्कृष्ट साथ दिए।यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका लागि डेरिल मिचेलले अविजित ८९ रन बनाएका थिए। फिन एलेनले ४० तथा बेभन ज्याकब्सले अविजित ३९ रन जोडेका थिए।
तर, न्युजिल्यान्डको बलियो योगफल भारतका आक्रामक ब्याटरका अगाडि पर्याप्त हुन सकेन। अभिषेकको शतकीय पारी र वैभवको आक्रामक सुरुवातले भारतलाई सहज जित दिलायो।यस जितसँगै भारतले पाँच खेलको टी–२० शृङ्खलामा ३–० को अग्रता बनाएको छ। अभिषेक र वैभवको ब्याटिङ अहिले खेलको मुख्य आकर्षण बनेको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
