काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका बाढी तथा पहिरो प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा आमनागरिकलाई आग्रह गरेकी छन् ।
प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै भण्डारीले विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेकी हुन् ।
उनले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री तत्काल पुर्याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
विपद्को कठिन घडीमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट भएर मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिँदै उनले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको बताएकी छन् ।
भण्डारीले विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने
