काठमाडौं । नेपालमा आएको बाढीको प्रभाव अहिले भारतको सीमावर्ती क्षेत्रमा देखिन थालेको छ । उत्तर प्रदेशको महाराजगंजमा रहेको गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीनजनाको शव निकालिएको छ ।
अधिकारीहरूका अनुसार पाँच महिला र दुई पुरुषको शव फेला परेको छ । नेपालमा आएको बाढीले शव बगाएर भारत पुर्याएको आशंका गरिएको छ ।
सशस्त्र सीमा बलको उद्धार टोलीले गस्ती गर्दा नदीमा तैरिरहेको अवस्थामा शव देखेको थियो । टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट उनीहरूलाई निकालेर महाराजगंज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । शवको अझै पहिचान हुन सकेको छैन ।
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने
