काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो पद जोगाउन र दक्षिण अमेरिकी देशहरूको समर्थन प्राप्त गर्न विश्वकप फुटबलमा टोलीको संख्या बढाएर ६४ पुर्याउने योजनालाई समर्थन गर्ने तयारी गरेका छन्।
फिफामा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेका इन्फान्टिनो अहिले ठूला फुटबल महासंघको चर्को दबाबमा छन्।
केही समयअघि विश्वकप फुटबलको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बेच्ने उनको योजना असफल भएपछि उनको भविष्यलाई लिएर प्रश्न उठ्न थालेका थिए।
त्यसैले अहिले उनी ६४ टोलीको विश्वकप जस्तो ुक्रान्तिकारीु परिवर्तन ल्याएर आफ्नो पद सुरक्षित गर्न चाहन्छन्।
युरोपेली फुटबल महासंघ ९युइएफए०, उत्तर अमेरिकी महासंघ ९कोन्काकफ० र एसियाली फुटबल महासंघ ९एएफसी० ले फिफा प्रशासनमाथि ुधोकाधडीु र ुविश्वासघातु को गम्भीर आरोप लगाएका छन्। यी संस्थाहरू इन्फान्टिनोका कतिपय प्रस्तावप्रति रुष्ट छन्।
सन् २०२६ को विश्वकपमा पहिले नै टोली संख्या ३२ बाट बढाएर ४८ पुर्याइसकिएको छ। तर, इन्फान्टिनो अहिले सन् २०३० को विश्वकपका लागि ६४ टोलीको मोडल ल्याउन खोज्दैछन्। यो प्रस्ताव मूलतः दक्षिण अमेरिकी फुटबल महासंघले अघि सारेको हो। धेरै देशहरूलाई विश्वकप खेल्ने अवसर दिएर उनीहरूको भोट प्राप्त गर्ने र आफ्नो कार्यकाल लम्ब्याउने इन्फान्टिनोको रणनीति देखिन्छ।
यद्यपि, ६४ टोली हुँदा खेल व्यवस्थापन अत्यन्तै जटिल हुने देखिन्छ। सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा मुख्य रूपमा आयोजना हुनेछ भने केही खेलहरू अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि हुने तय भइसकेको छ।
फिफाभित्रको यो तनाव यति बढेको छ कि युइएफएले फिफाका प्रतियोगिताहरू नै बहिष्कार गर्नेसम्मको चेतावनी दिएको छ। यदि पारदर्शिता र सुशासनको मुद्दा सम्बोधन नभए फुटबल विश्वमा ठूलो विभाजन आउन सक्ने खतरा बढेको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
