काठमाडौं । आमा, तिमीले त भनेकी थियौ राम्रो घर छ, कुलको इज्जत धान्नुपर्छ तर तिमीले पठाएको त्यो घरमा त माया होइन दिनहुँ लात्ती र गालीको वर्षा हुँदो रहेछ । अहिले सोसल मिडियामा निकै छाएको रेजिना परियार, सुमन परियार र अन्जली अधिकारीको नयाँ तीज गीत ऐया आमा मरे ले चर्चा पाइरहेको छ। गीतको भिडियो र शब्दहरू सुन्दा जसको पनि मन सिरिङ्ग हुन्छ र हरेक नेपालीको आँखा रसाएको पनि छ। भिडियो हेर्ने जोकोहीले पनि आफ्नो आँसु रोक्न सकेका छैनन्।
तर प्रश्न उठ्छ— के यो केवल तीजमा भ्युज कमाउन बनाइएको गीत मात्र होरु कि हाम्रै समाजभित्र गुम्सिएर रहेको हिंसाको तीतो यथार्थ र गीतको एउटा एउटा शब्दले मुटु नै रेट्छ। एउटी काखमा दुधे बालक बोकेकी चेलीले आफ्नै आमासँग पुकार्दै भन्छिन्— कति खाम त ज्वाइँको लात्ती, सासूको हात घाटीमाथि, अनि ससुरालाई बाउझैँ पुज्थेँ, बाउजस्तोले कपाल ताने, जुन घरमा चेलीलाई लक्ष्मी मानेर भित्र्याइन्छ, त्यही घरमा कुलको इज्जत जोगाउने नाममा दिनहुँ कुटपिट र मानसिक सास्ती भोग्नुपर्नेरु आफ्नै माइती र आमालाई दुखी नबनाउन मलाई केही भएको छैनु भनेर झुटो हासो हाँस्ने चेलीहरूको कथा हो यो।
हाम्रो समाजमा आज पनि हजारौँ आमाहरू आफ्ना छोरीका लागि रोइरहेका छन्, अनि हजारौँ छोरीहरू आमा म बिचल्लीमा परेँ भन्दै सासू र श्रीमान्को अत्याचार सहिरहेका छन्। यो केवल एउटा भाइरल गीत मात्र होइन, यो त हाम्रा घरघरभित्र गुम्सिएर रहेका ती असङ्ख्य चेलीहरूको चित्कार हो, जसको आवाज कहिल्यै बाहिर आउन पाउँदैन। कुलको इज्जत धान्ने नाममा छोरीहरूले कहिलेसम्म आफ्नो बलिदानी दिइरहनेरु काठको बाकसमा लास बनेर फर्किनुभन्दा, अत्याचार विरुद्ध बेलैमा आवाज उठाउनु अपराध होइन।
पछिल्लो समय तीजका गीतहरू भ्युज पाउनकै लागि उत्तेजक, भल्गर र द्विअर्थी बन्दै गएको भनेर चौतर्फी आलोचना भइरहेका बेला, ऐया आमा मरे जस्ता गीतहरूले तीजको पुरानो मौलिक मर्म—अर्थात् चेलीको दुःख, वेदना र पीडा पोख्ने परम्परालाई पुनः ब्युँताउने प्रयास गरेका छन्।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने
