काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । भेला उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा १ बजे हुने उद्घाटन समारोहको सभापतित्व भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गर्नेछन्। पहिलो दिन उद्घाटनसहित विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको नेता मीन विश्वकर्माले बताए।
भेलामा करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिसहित सम्बन्धित सबैलाई भेलामा बोलाइएको छ।
भेलाको दोस्रो दिन शनिबार राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रस्ताव प्रस्तुत गरिनेछ। ती प्रस्तावमाथि प्रतिनिधिहरूबीच व्यापक छलफल हुने विश्वकर्माले बताए। उनका अनुसार भेलाबाट तत्काल कुनै नयाँ कमिटी गठन गरिने छैन। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रभावित पार्ने गरी कुनै निर्णय नगर्ने उनले स्पष्ट पारे। उनले कांग्रेस एकताबद्ध हुनुपर्छ भन्ने पक्षमा रहेका सबै प्रतिनिधि भेलामा सहभागी हुने दाबी गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा असन्तुष्टि जनाउँदै आफूहरू २०८२ माघ १ गतेको अवस्थाबाट अघि बढेको उनको भनाइ छ। राष्ट्रिय भेला साउन ३१ गते सम्पन्न हुनेछ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
