काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनपछि सुरक्षा कारणले आफूले गोप्य रूपमा विमान परिवर्तन गर्नुपरेको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार इरानसँग जोडिएको सम्भावित हत्याको खतराबारे सूचना पाएपछि अमेरिकी सिक्रेट सर्भिसले विशेष सुरक्षा अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा ट्रम्पलाई ‘एयर फोर्स वन’बाट क्याटरिङ ट्रकको माध्यमबाट अर्को सैन्य विमानमा सारिएको थियो ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै विमान परिवर्तन गर्ने निर्णय आफूले नभई सिक्रेट सर्भिस र सेनाको सल्लाहमा लिएको बताए । उनले आफू त्यसबेला यात्रा गरिरहेको विमान नै सम्भावित रूपमा बढी जोखिममा रहेको दाबीसमेत गरे ।
आक्रमणकारीले राष्ट्रपति कुन विमानमा सवार छन् भन्ने थाहा पाएर त्यही विमानलाई निशाना बनाउन सक्ने उनको भनाइ थियो ।
ह्वाइट हाउसले त्यस समय सार्वजनिक रूपमा ट्रम्प ‘एयर फोर्स वन’बाट बेलायततर्फ प्रस्थान गरेको जनाएको थियो । तर, पछि उनी अर्को विमानमा सवार भएको तथ्य बाहिर आएको हो ।
यो खुलासापछि केही सञ्चारमाध्यम तथा टिप्पणीकारहरूले ‘एयर फोर्स वन’मा रहेका पत्रकार र ह्वाइट हाउसका कर्मचारीको सुरक्षाबारे पर्याप्त जानकारी दिइएको थियो कि थिएन भन्ने प्रश्न उठाएका छन् ।
यो घटना ट्रम्प पहिलोपटक कतारले उपहार दिएको र हालै स्तरोन्नति गरिएको नयाँ विमान प्रयोग गरेर विदेश भ्रमणमा निस्किएका बेला भएको थियो ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
