काठमाडौं । एमाले सांसद गुरु बरालले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई सीमाको संवेदनशीलतालाई महसुस गर्न कति समय संसदले खर्च गर्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीको ध्यानाकर्षण नहुँदा लज्जाको विषय भएको बताए ।
‘देशको भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि फेरि घाउचोट लगाएको छ । सुस्तावासीले फेरि प्रतिकार गर्नुपरेको छ,’ उनले भने, ‘सिमानाको मुद्दाले देश पीडामा परेको छ । प्रधानमन्त्रीज्यू, यसको संवेदनशीलतालाई महसुस गर्न कति समय संसदले खर्च गर्न पर्ने हो ? कति समय माननीय सदस्यहरूले ध्यानाकर्षण गर्नुपर्ने हो ? यो लज्जाको विषय भइसकेको छ ।’
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
