काठमाडौं । इरानी मिसाइल आक्रमणको क्रममा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव स्वदेश फिर्ता भएको छ । तामाङको शव रहेको कफिन शनिबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल ल्याइएको हो ।
सन् २०२२ देखि खाडीमा चालकको रूपमा कार्यरत तामाङको बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले गरेको मिसाइल आक्रमणका क्रममा ज्यान गएको थियो ।
पछिल्लोपटक पश्चिम एसियामा चर्किएको द्वान्द्धका कारण ज्यान गुमाउने उनी दोस्रो नेपाली हुन् । यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको ज्यान गएको थियो ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
