काठमाडौं । जनकपुरधाममा आयोजना गरिएको सद्भाव र्यालीमा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको थियो । उक्त र्याली जनक चोकमा पुगेर सम्पन्न गर्न लाग्दा एक समूह आएर नाराबाजी गर्दै प्रर्दशन गरेको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक बसेर सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । सोही समयदेखि असन्तुष्ट पक्षले जसको आन्दोलन हो उनीहरूको नै असहमति रहेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो ।
सद्भाव र्यालीमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झा, रास्वपाका अर्का सांसद रामविनोद यादव ९धनुषा २० र नगर प्रमुख मनोज साहसहित जनप्रतिनिधिको सहभागिता थियो ।
बिहीबार प्रर्दशनको क्रममा हिंसा भड्किन सक्ने भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । जनकपुरधाममा प्रर्दशनमा परेर एक बालक घाइते भएका थिए ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
