काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सुनसरीसहित तराई–मधेशमा देखिएका घटनाको विषयमा मधेशकेन्द्रित दलसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा मधेशकेन्द्रित दलका नेतालाई बोलाएर छलफल गरेका हुन् ।
छलफलपछि राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले साढे दुई घण्टामा प्रधानमन्त्रीले आफूहरूको कुरा ध्यानपूर्वक सुनेको जानकारी दिए । ‘अहिलेको सुनसरी घटनामा साम्प्रदायिकता कसले घटाएको हो रु छानबिन गर्नुपर्छ । किनकि टाउको र छातीमा गोली हिजो पनि ठोकियो । आज पनि तपाईंहरूको सरकार हुँदा पनि त्यही शैली दोहोरिएको छ । दर्जनौँलाई कम्मरमाथि गोली हानिएको छ,’ महतोले भेटपछि भने, ‘परिवर्तनको लागि आएको सरकारले कुराले होइन व्यवहारले परिवर्तन देखाउनपुर्यो । घटनाको निष्पक्ष छानबिन गरी कारवाही गर्नुपर्छ भनेका छौँ । उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।’
नेता महतोले दुईतिहाइ मत दिएको मधेशलाई धोका नदिन आग्रह गरेको बताए । ‘हामीलाई विगतमा पनि धोका भयो । अहिले पनि धोकाधडी नगर्नुहोला । तपाईं आफैँले मधेशबाट भावुक सम्बोधन गर्नुभयो । दुईतिहाइको समर्थन मधेशले दियो । यसलाई सम्मान गर्नुस् । वचनलाई सम्मान गर्नुस् भनेका छौँ,’ महतले भने, ‘प्रधानमन्त्रीले सहज रूपमा कुरा सुन्नुभयो । आत्मसात पनि गर्नुभयो । हाम्रो सरकारले विश्वासघात गर्दैन । घटनाको सम्बन्धमा गरेको प्रतिबद्धता पूरा गर्छौं भन्नुभएको छ ।’
छलफलमा सहभागी जनमत पार्टीका नेता सीके राउतले पहिलोपटक मधेशकेन्द्रित दललाई बोलाएर प्रधानमन्त्रीले छलफल गर्नु सकारात्मक भएको बताए । छलफलका क्रममा सुनसरी र मधेशको अहिलेको समस्यालाई छिटपुट समस्याको रूपमा नलिन आग्रह गरेको उनको भनाइ छ ।
‘प्रमले पहिलोपटक हामी मधेशकेन्द्रित दललाई बोलाउनुभएको हो । यो सकारात्मक हो । हामीले सुनसरीसहित संघीयताको विषयमा कुरा उठायौँ । अब कम्तीमा हिंसा रोकिने र सकारात्मक प्रभाव पर्ने आकलन गरेका छौँ,’ राउतले भने, ‘सरकारले कुनै छिटपुट घटनाको रुपमा लिन हुँदैन भनेका छौँ । सुनसरीहुँदै अरु जिल्लामा पनि फैलियो । अब हुँदैन भन्ने सोचेर हुँदैन । फेरि हुन सक्छ । यो घटना सुल्झिएर मात्रै हुँदैन फेरि घट्न सक्छन् भनेर सुझाएका छौँ ।’
यस्तो खालको घटना हुँदा पाँच दिनसम्म लास नउठेको, समयमा सरकारले काम गर्न नसकेको भन्दै आफूहरूले प्रश्न उठाएको उनले बताए । ‘यस्ता घटना हुँदा पाँच दिन होइन, तीन घण्टामा स्थिति नियन्त्रण लिनुपर्ने हो । तर भएन । अब प्रहरीलाई बोलाएर रिट्रेन्ड गर्नुपर्छ । धार्मिक संवेदनशीलतालाई कसरी साम्य पार्ने भनेर तालिम दिनुपर्छ । किनकि सुरक्षाकर्मीको कारण पनि हिंसा मच्चाएको भन्ने देखिन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले निष्पक्ष छानबिन गरेर कारबाही गर्छु भन्नुभएको छ । प्रहरी र बल प्रयोगबाट मात्रै समाधान हुँदैन भनेर सेना र प्रहरीले बुझनुपर्छ भन्ने हाम्रो कुरा छ ।’ अन्तर्धार्मिक समूह बनाएर हरेक महिना छलफल गर्नुपर्ने विषयसमेत सुझाएको उनले बताए ।
राष्ट्रिय निर्माण दलका समिम अन्सारीले कुनै एउटा व्यक्तिको झगडा, साम्प्रदायिकसम्म पुग्नु देशको लागि घातक र नोक्सानीको विषय भएको बताए । ‘यही घटाको विषयमा रास्वपा सभापति र प्रधानमन्त्रीसँग दुई घण्टा बढी छलफल गर्यौँ । यो विषयमा गम्भीर हुन आग्रह गर्यौँ । घटना घट्नुअघि सरकारले ठोस काम नगरेको नागरिक तहले बुझेका छन्,’ अन्सारीले भने ।
‘घटना घटेको भोलिपल्ट गृहमन्त्री पुगेको भए सुनसरीबाट अन्त सर्ने थिएन । सरकारले समयमा नबुझ्दा यस्तो भयो भन्ने सरकारले पनि बुझेको छ । योभन्दा पनि अगाडि यस्तो हुन्थ्यो । डिजेको कारण यस्तो हुन्थेन । सुरुमा गोली प्रहरीले नलचाएको बतायो । पछि प्रधानमन्त्रीले सुरक्षाकर्मीले नै गोली चलाउएको भन्नुभयो । तर प्रधानमन्त्रीले परिस्थिति बुझ्नुभएको छ’, उनले थपे ।
सिंगो मधेशलाई अन्यायमा नपार्न आफूहरूले आग्रह गरेको उनको भनाइ छ । ‘सिंगो मधेश जलेको अन्यायमा परेको अवस्था छ । तपाईं प्रधानमन्त्री हुँदा खुसियाली मनायो । तर अहिले दुःखी छन् । हामीले यो कुरा भन्दा उहाँले ठोस नीति ल्याउँछौँ भन्नुभएको छ,’ अन्सारीले भने ।
-
विश्वकप लिग-२: नेपाल नामिबियासँग फराकिलो अन्तरले पराजित
-
‘मेरो माया यूकेको लाहुरे हो’ : प्रेमिकाका हरेक चाहना पूरा गर्ने लाहुरेको कथा
-
ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य
-
कीर्तिपुरमा पार्किङ गरिएको निजि कार भित्र जलेको व्यत्ती मृत फेला
